नेपालको पाँचौं सफलता, दीपेन्द्रद्वारा विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले पाँचौं विकेट गुमाएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले पाँचौं विकेट रोहन मुस्तफालाई २० रनमा गुमाएको हो।

यूएईका लागि ३२ बलमा ३ चौकासहित २० रन जोड्नुभएका मुस्तफालाई दीपेन्द्रसिंह ऐरीले एलबीडब्यूको शिकार बनाउनुभयो।

यसअघि ओपनर आर्यान लाक्रालाई ६ रनमा ललित राजवंशीले बोल्ड गर्नुभएको थियो। लाक्रासँगै ओपनिङमा आउनुभएका कप्तान मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो।

वान् डाउनमा क्रिजमा उत्रिनुभएका वृत्या अरविन्द १ सय ६ बलमा ६ चौका र १ छक्कासहित ६५ रन बनाएर खेलिरहनुभएको छ ।

यूएईका सीपी रिजवानलाई भीम सार्की र आसिफ शेखले रन आउट गर्दै पभिलियन फर्काउनुभएको थियो। रिजवानपछि क्रिजमा उत्रिनुभएका आयान खान ३ रन मात्र जोडेर दीपेन्द्रसिंह ऐरीको बलमा गुल्शन झाको हातबाट क्याच हुनुभएको थियो।

यस्तै, आजको खेलमा जित निकाले नेपालले लिग–२ को शीर्ष ३ रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष ४ मा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

Back to top button