रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने पार्टीका प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो।

उहाँका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ । नेपाली कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन कायमै राख्दै रास्वपा सरकारबाट बाहिरिएको थियो।

यस्तै, उपराष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ।

Back to top button