त्रिविका बागीले पार्टीको दबाबपछि फिर्ता लिए उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसले त्रिभुवन विश्वविद्यालयमा बागी उम्मेदवारी दिएकालाई नाम फिर्ता गराएको छ ।

विष्णुबहादुर बडैलाको नेतृत्वमा बागी उठेकाहरुले बिहीबार नाम फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघले श्यामराज ओझालाई टिकट दिएपछि स्वतन्त्र समूह खडा गरि बडैलाले छुट्टै प्यानल बनाउनुभएको थियो ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोर सिंह राठोर, नेता वीरबहादुर बलायरलगायतको आग्रह पछि नाम फिर्ता लिएको बडैलाले बताउनुभयो ।

‘हिजो नेताहरुले बोलाएर नाम फिर्ता लिन भन्नुभयो । उहाँहरुको आग्रहलाई टार्न सकिन,’ बडैलाले भन्नुभयो,‘कुनै न कुनै जिम्मेवारी दिने भन्नुभएको छ ।’

आफ्नो उम्मेदवारी कायम रहँदा संघका उम्मेदवारलाई असर पर्ने र अलोकतान्त्रिक शक्ति सलबलाउन सक्ने खतरा महसुस गरेर नाम फिर्ता लिएको बडैलाले बताउनुभयो ।

बडैलाको प्यानलबाट सचिवमा योगेन्द्र बम, कोषाध्यक्षमा निश्चल घिमिरे, सदस्यमा जीवनराज ढुङ्गाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहराले उम्मेदवारी दिनुभएको थियो।

यस्तै, त्रिविले चैत ५ मा स्ववियु निर्वाचनको मिति तोकेको छ ।

Back to top button