उपराष्ट्रपति पुनले छोड्नुभयो सरकारी निवास

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सरकारी निवास छोड्नुभएको छ । उपराष्ट्रपति भवन हरितगृहबाट पुन नीजि निवास चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकमा सर्नुभएको हो ।

उहाँ उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि नीजि निवासमा सर्नुभएको हो । नयाँ उपराष्ट्रपतिको लागि भोलि निर्वाचन हुँदैछ। उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवास सर्नुभएको हो ।

नयाँ उपराष्ट्रपतिको पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति पुन नीजि निवासबाटै उपराष्ट्रपतिको कार्यालय पुग्ने पुनको सचिवालयले जनाएको छ ।

Back to top button