उपराष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगका अनुसार भोलि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न पाउँछन्।

उपराष्ट्रपतिका लागि जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार हुनुहुन्छ ।

Back to top button