भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैंसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैंसाले घटेको हो ।

यो भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य हो । पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री हुँदै आएको छ ।

अब निगम सञ्चालक समितिले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्नेछ ।

Back to top button