नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलब ३२ अङ्कले ओरालो लागेर १ हजार ९ सय ३३ दशमलब ३१ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५१ अङ्कले ओरालो लागेर ३ सय ६४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ९ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।

विभिन्न कम्पनीका कूल ३४ लाख २ हजार २ सय ६७ कित्ता शेयर रू १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार पुँजीकरण रू २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार २ सय ७८ पुगेको छ ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रू ४ करोड ९४ लाख ९२ हजार ६ सय १९ बराबरको कारोबार भयो । नविल बैंक रू ३ करोड ९६ लाख ८३ हजार ७ सय ३१, हिमालयन डिस्टिलरी रू ३ करोड ८३ लाख २ हजार ५ सय ८५, नेपाल लाइफ इन्स्योरेन्स रू ३ करोड ३० लाख ३ हजार ८ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर रू २ करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी ४ दशमलव ९८,किसान लघुवित्त ४ दशमलब ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले ४ दशमलब २५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यस्तै, लक्ष्मी लघुवित्त ५ दशमलव ७६, नयाँ सारथी लघुवित्त ४ दशमलब ८०,प्रभु लाइफ इन्स्योरेन्स ४ दशमलब ७४,ग्रीन डेभलपमेन्ट बैंक ४ दशमलब ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले ४ दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ ।

Back to top button