एमबीबीएसको प्रवेश परीक्षामा छात्रातर्फ प्रथम शिक्षादीपकी अदितीको सम्मान

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित शिक्षादीप माध्यामिक विद्यालयले एमबीबीएसको प्रवेश परीक्षामा उत्कृष्ट परिणाम ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

उक्त  विद्यालयबाट कक्षा ११ र १२ पढाइ पूरा गरेकी छात्रा अदिती जैनले हालै चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा छात्रातर्फ प्रथम स्थानमा नाम निकाल्नुभएको थियो ।

जैन कुुल करिब १८ हजार परीक्षार्थीहरुमध्ये  चौथो तथा छात्राहरुमा प्रथम स्थानमा उत्तिर्ण हुनुभएको हा । पूर्व विद्यार्थी जैन र उहाँका बुबा अजयकुमार जैनलाई आज शिक्षादीप वद्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष एवम् कोशी प्रदेश, प्रदेश सभाका संसद भीम पराजुलीले फूलमाला र अबिर लगाइदिएर सम्मान गर्नुभयो ।

सम्मानित भएपछि प्रफुल्ल भएकी जैनले कक्षा ११ र १२ को पढाइ भविष्य निर्माण गर्ने र जीवनलाई सुखद बाटोमा लगाउने महत्वपूर्ण भएकाले सही विद्यालय छनौट गरी मिहिनेतका साथ अध्ययन गर्नुपर्ने बताउनुभयो । आफ्नो सफलता प्राप्त गर्न शिक्षादीप विद्यालय परिवारले महत्वपूर्ण मार्गदर्शन तथा योगदान दिएको उहाँले बताउनुभयो ।

विद्यालयका अध्यक्ष भीम पराजुलीले विद्यालय १५ वर्षको उमेरमा हिँडिरहँदा हरेक वर्ष ऐतिहासिक र कीर्तिमानी रहेको बताउनुभयो । उहाँले विगत वर्षहरुमा कीर्तिमानीका साथ पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीहरु गौरव नेपाल, सुशील यादव, सुजन पुरीलगायत दर्जनौलाई सम्बोधन गर्नुभयो ।

सम्मान कार्यक्रममा विद्यालयका पदाधिकारीहरु, शिक्षक र विद्यार्थीहरुको उल्लेख्य सहभागिता थियो । शिक्षादीप विद्यालयले २०६५ सालदेखि विज्ञान र वाणिज्य विषयमा कक्षा ११ र १२ कार्यक्रम चलाउँदै आएको छ । यस वर्ष चिकित्सा शिक्षा आयोगले फागुन २४ गते एमबीबीएसको प्रवेश परीक्षा लिएको थियो र बुधबार परिणाम सार्वजनिक भएको हो ।

शिक्षादीपबाट कति विद्यार्थीहरुले नाम निकाले यकिन भइनसकेको र सम्पूर्ण सूचना संकलित भएपछि सफल हुने अरु विद्यार्थीहरुलाई पनि सम्मान गरिने प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताउनुभयो । माध्यमिक तहको कक्षा ११ र १२ का लागि काठमाण्डौ जानु नपर्ने भन्दै देश–विदेशमा पढाइ हुने चिकित्सा तथा इन्जिनियरिङको उच्च शिक्षामा शिक्षादीपको विद्यार्थी अब्बल र सफल प्रतिस्पर्धी बन्छ भन्ने हरेक साल प्रमाणित हुँदै आएको प्रिन्सिपल खड्काले दाबी गर्नुभयो ।

Back to top button