श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ

विराटनगर । आफ्नी श्रीमति हत्या गरेको आरोपमा मोरङको बेलबारीका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नम्बर १ नक्सलबारीका ५७ वर्षीय हेमकर्ण महत रहेको प्रहरीले जनाएको छ ।

गत फागुन १५ गते घरायशी विवादमा श्रीमती ५३ वर्षीया देवी महतलाई हेमकर्णले धारीलो हतियारले टाउकोमा प्रहार गरि हत्या गरेको आरोप छ ।

हेमकर्णलाई हिजो अपरान्ह पथरी शनिश्चरे नगरपालिका वडा नं.१० स्थित पश्चिम बसपार्कबाट ईलाका प्रहरी कार्यालय पथरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका हेमकर्णमाथी आवश्यक अनुसन्धान भइरहेको dजिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।

Back to top button