मिल्स गोल्डकपः साबिक बिजेता प्रतिभा फुटबल क्लव फाइनलमा

विराटनगर । साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

विराटनगर जुट मिल्सको खेल मैदानमा हिजो भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३– शुन्य गोलले निराश बनाउँदै सिरहा फाइनलमा पुगेको हो ।

जितसँगै सिरहाले भोली हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । सिरहालाई फाइनल पुर्‍याउन अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामाले गोल गर्नुभएको थियो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रह्यो । खेलको १५ औं मिनेटमा सिरहाका अब्दुलाले डिबक्स भित्रको वानटच वल बाहिरियो । गाईघाटका दिपक मगरले २५ यार्ड नजिकबाट ३९ औं मिनेटमा गरेको प्रहार बाहिरदा सेमिफाइनबाट घर फर्किनुपर्‍यो ।

दोस्रो हाफदेखि सिरहाले आक्रमक खेल पस्कियो । ४४ औं मिनेटमा सिरहाका विदेशी खेलाडी अब्दुलाले गोल गरी टिमलाई अग्रता दिलाउनुभयो । सिद्धान्त लामाले डिबक्सभित्रबाट निकालिदिएको पास अब्दुलाले गोलमा परिणत गर्नुभएको हो ।

६२ औं मिनेटमा बिनु आलामगरले उत्कृष्ट फिनिसिङ गर्नुभयो । उहाँले बल नियन्त्रण गर्ने क्रममै गाईघाट निमछिरिङ्ग शेर्पालाई पन्छाएपछि आकर्षक गोल गरी अग्रता दोब्बर बनाउनुभयो । ६४ औं मिनेटमा अब्दुलाले पाएको तेब्बर गर्ने अवसर उपयोग हुन सकेन ।

खेलको ७४ औं मिनेटमा सिद्धान्त लामाले गोल गरी ३– शुन्यले टिमको जित सुनिश्चत गर्नुभयो । बिनु आलेमगगरले डिबक्सभित्रबाट निकालिदिएको क्रस पासलाई सिद्धान्तले गोलमा परिणत गर्नुभएको हो ।

खेलको अन्त्यतिर राम्रो प्रदर्शन गरे पनि गाईघाटले गोल गर्न सकेन । खेलको म्यान अफ द म्याच सिरहाका बिनु आले मगर घोषित हुनुभयो ।

Back to top button