उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवद्वारा मतदान सम्पन्न

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवले मतदान गर्नुभएको छ । बानेश्वरको ल्होत्से हल मतदान केन्द्रमा यादवले मतदान गर्नुभएको हो ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका यादव र जनमतकी ममता झा चुनावी मैदानमा हुनुहुन्छ । यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन छ ।

झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । शाक्यलाई एमालेको मात्रै समर्थन छ। बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

Back to top button