जनमत पार्टीका अध्यक्ष सिके राउतद्वारा मतदान

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मतदान गर्नुभएको छ । बानेश्वरको ल्होत्से हल मतदान केन्द्रमा पुगेर राउतले मतदान गर्नुभएको हो ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका यादव र जनमत पार्टीको ममता झा चुनावी मैदानमा हुनुहुन्छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिको उम्मेदवार झालाई समर्थन गरेका छन्।

बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । मत परिणाम आजै साँझ सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।

Back to top button