उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न किरियापुत्री सांसद जहाज चढेर काठमाडौं

कास्की । आफ्ना बाबुको निधनमा किरियामा बस्नुभएका गण्डकी प्रदेश सभाका सांसद प्रकाश बराल उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नका लागि काठमाडौं जानुभएको छ । बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो।

काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत आज बिहान काठमाडौं उड्नुभएको हो ।

कास्की ३ (ख) बाट विजयी नेपाली कांग्रेसका सांसद बराल आज १० बजेदेखि ३ बजेसम्म हुने मतदान सकेर पोखरै फर्कीनुहुने छ । उपराष्ट्रपति निर्वाचनका लागि गण्डकी प्रदेशका अधिकतर सांसद भने हिजै जानुभएको थियो।

Back to top button