किरियापुत्री सांसद बरालद्वारा मतदान

काठमाडौं । उपराष्ट्रपति चयनका लागि जारी मतदानमा किरियापुत्री सांसद प्रकाश बरालले मतदान गर्नुभएको छ ।

आफ्ना बाबुको निधनमा किरियामा बसेका गण्डकी प्रदेश सभाका सांसद बराल उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि काठमाडौं आउनुभएको हो । बरालका पिता लोकनाथको २६ फागुनमा निधन भएको थियो।

काजकिरियाकै पोसाकमा सांसद बराल बुद्ध एयरको जहाजमार्फत आज बिहान काठमाडौं आउनुभएको हो । कास्की ३ (ख) बाट विजयी नेपाली कांग्रेसका सांसद बराल आज १० बजेदेखि ३ बजेसम्म हुने मतदान सकेर पोखरै फर्किनुहुने छ ।

यस्तै, अहिले उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान स्थल तोकिएको छ।

Back to top button