उपराष्ट्रपति पदमा महिला नै हुनुपर्छ : ममता झा

काठमाडौं । उपराष्ट्रपति निर्वाचनकी उम्मेदवार ममता झाले महिलाको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।

उपराष्ट्रपति निर्वाचनमा भाग लिएपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै झाले संविधानको मर्मलाई बुझेका सांसदहरुले महिलालाई नै मत दिने र जिताउने विश्वास व्यक्त गर्नुभयो।

उपराष्ट्रपति पदमा महिला चुनिनुपर्ने बताउँदै उहाँले भन्नुभयो,‘मेरो प्रष्ट भनाइ यो छ, महिला एकता जिन्दावाद । सबै महिला एक हौं । नेपाली महिला एक हौं ।’

उपराष्ट्रपति पदको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादव र जनमत पार्टीकी झा उम्मेदवार हुनुहुन्छ । त्यसैगरी नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ ।

Back to top button