उपराष्ट्रपति निर्वाचनः १२ बजेसम्म खस्यो आधाभन्दा बढी मत

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा मध्याह्न १२ बजेसम्म आधाभन्दा बढी मत खसेको छ । संघीय संसद मतदान केन्द्रमा २ सय १८ र प्रदेश सभा मतदान केन्द्रमा ३ सय ९२ मत खसेको हो ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेशसभाका ५ सय ५० सांसदले निर्वाचनमा मतदान गर्न पाउँछन् । संघीय सांसद र प्रदेश सभा सदस्यहरुका लागि अलग–अलग मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यस्तै, नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको थियो । मतदान अपराह्न ३ बजेसम्म हुनेछ । त्यसपछि मत गणना सुरु गर्ने र साँझ ६ बजेभित्र नतिजा सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Back to top button