उपराष्ट्रपति निर्वाचनः प्रधानमन्त्री प्रचण्डद्वारा मतदान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नुभएको छ । आज नयाँ बानेश्वरको ल्होत्से हलमा रहेको मतदान केन्द्र पुगेर उहाँले मतदान गर्नुभएको हो ।

यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत पार्टीका शीर्ष नेताहरूले मतदान गरिसक्नुभएको छ ।

यस्तै, उपराष्ट्रपतिका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा हुनुहुन्छ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।

आज बिहान १० बजेदेखि मतदान जारी छ। मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ । उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आजै साँझ ६ बजेभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

Back to top button