उपराष्ट्रपति निर्वाचनमा पुरुष उम्मेदवार बनाउनु आपत्तिजनक : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेको तर्फबाट उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले संविधान विपरीत उपराष्ट्रपति निर्वाचनमा पुरुष उम्मेदवार बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पुरुष उम्मेदवार बनाउनु संविधानको भावना अनुसार आपत्तिजनक भएको बताउनुभएको हो । उहाँले आफ्नो जित हुने दाबी समेत गर्नुभएको छ ।

यस्तै, राजनीति हिसाबले उपराष्ट्रपतिमा भूमिका नभएपनि सामाजिक रुपान्तरणमा लाग्नसक्ने उहाँले बताउनुभयो ।

Back to top button