उपराष्ट्रपति निर्वाचनः माधव नेपालद्वारा मतदान

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपराष्ट्रपतिमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरको ल्होत्से हल मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा हुनुहुन्छ।

यादवलाई सत्ता गठबन्धन दल नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन रहेको छ भने झालाई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्। शाक्यलाई एमालेको मात्रै समर्थन छ।

आज बिहान १० बजेदेखि मतदान जारी छ । मतदानमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र तय गरिएको छ ।

Back to top button