
बारा । स्कुलको बसको ठक्करबाट बाराको कलैयामा आज ३ वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत मुझफरपुर घर भइ कलैया उपमहानगरपालिका–१ मोतिबाघ बस्ने विनोदकुमार सोनारको ३ वर्षीय छोरा कार्तिककुमार साह रहेको प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिका–१४ मा रहेको गुरुकुल एकेडेमीको ना२ख ४२१० नम्बरको बसले बालकलाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयबाट ५ सय मिटर उत्तरपश्चिमतर्फ रहेको घटनास्थलमा पुगेको प्रहरीले बससहित चालक नन्दकुमार साहलाई नियन्त्रणमा लिएको छ ।