
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले ३ वटा मन्त्रालयमा एसको दावी रहने बताउनुभएको छ ।
संसद् भवन अगाडि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले अब रोज्ने पालो आफ्नो पार्टीको रहेको र स्वभाविक रुपमा ३ मन्त्रालयमा दावी रहने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,‘कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति, माओवादी केन्द्रले प्रधानमन्त्री प्राप्त गरेपछि हामी गठबन्धन भित्रको चौथो शक्ति भएका कारण दावी गरेका हौं । ३ मन्त्रालय नघट्ने गरी हाम्रो दावी रहन्छ । १ नम्बर ठानिएको मन्त्रालय लिन्छौं ।’
नेकपा एसले अर्थसहित ३ मन्त्रालय दावी गर्दै आएको छ।