विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिने हुनुभएको छ ।

त्यसका लागि आज दिउँसो ३ बजे राष्ट्रपति भवन शितल निवासमा कार्यक्रम राखिएको छ ।

यसअघि बिहान मात्रै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलाडीलाई सम्मान गर्नुभएको थियो ।

नेपालले हिजो घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग–२ को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।

Back to top button