उपराष्ट्रपति निर्वाचनः २ बजेसम्म खस्यो संघतर्फ २ सय ९१ र प्रदेशतर्फ ५ सय १० मत

काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा आज दिउँसो २ बजेसम्म ८ सय १ मत खसेको छ। संघतर्फ २ सय ९१ र प्रदेशतर्फ ५ सय १० गरी कूल ८ सय १ मत खसेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उपराष्ट्रपतिको निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ। मतदानलगत्तै मतगणना सुरू हुने र साँझ ६ बजेभित्र निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ।

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा चुनावी मैदानमा हुनुहुन्छ।

निर्वाचनमा संघीय संसद्का ३ सय ३२ र प्रदेश सभाका ५ सय ५० सांसद मतदाता रहेका छन् ।

Back to top button