उपराष्ट्रपति निर्वाचनको फरक मतले सरकारलाई कुनै असर गर्दैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति निर्वाचनमा देखिएको फरक मतले सरकारलाई कुनै असर नगर्ने बताउनुभएको छ ।

सत्ता गठबन्धनका ठूला ४ दलले जसपाका रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मत दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले एउटै उम्मेदवार बनाउने कोसिस भएको, तर त्यो सम्भव नभएपछि सल्लाहले नै फरक ठाउँमा उभिएको बताउनुभयो । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला एकठाउँमा आउने भन्दै उहाँले अघि भन्नुभयो,‘यसले सरकारको निरन्तरतामा फरक पार्दैन ।’

राष्ट्रपति निर्वाचनका बेला भएको समझदारी कार्यान्वयन भएकाले कांग्रेलिे पनि विश्वासको मत दिने उहाँले बताउनुभयो ।

Back to top button