संघ र प्रदेशका माओवादी सांसदलाई प्रचण्डले सामूहिक प्रशिक्षण दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदलाई पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामूहिक प्रशिक्षण दिने हुनुभएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन् ।

आज उपराष्ट्रपतिको मतदान सकिएलगत्तै प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सामूहिक प्रशिक्षणका लागि बोलाउनुभएको हो ।

Back to top button