विबेकभीएमले गर्‍यो छाज्ञवृत्तिमा नाम निकाल्ने १५ विद्यार्थीको सम्मान

विराटनगर । विराटनगरस्थित बालकल्याण विद्या मन्दिर (बीकेभीएम) ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

आज विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा मेयर कोइरालाले महानगर शैक्षिक हव बन्दै गइरहेको अवस्थामा बीकेभिएमको पढाई र विद्यार्थीको प्रयासले सबैलाई गौरान्वित बनाउँदै लगेको बताउनुभयो ।

मेयर कोइरालाले महानगर शैक्षिक हवका रुपमा स्थापित भइरहदाँ नीजि क्षेत्रका विद्यायलको पठनपाठन र शिक्षकको पढाउने शैलीले नयाँपन दिएको बताउनुभयो । प्रदेशकै पुरानो र प्रतिष्ठित विद्यालय बीकेभिएमले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा सुखद योगदान दिने गरेको मेयर कोइरालाले बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल रोविन दाहालले चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा ८, बीडिएसमा १, र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद क्षण भएको बताउनुभयो ।

नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयलाई २०७३ सालमा मुलुकभरमा उत्कृष्ठ विद्यालयका रुपमा शिक्षा मन्त्रालयद्वारा पुरस्कृत भएको उहाँले बताउनुभयो ।

गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको बिद्यालयको दोस्रो ब्याज अन्र्तगत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनियरिङसम्म पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका हुन् ।

Back to top button