महेन्द्र मोरङमा अनेरास्ववियुको तालाबन्दी

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरूलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिन थालेपछि अनेरास्ववियु त्यसको प्रतिकारमा उत्रनु परेको खनालले बताउनुभयो । क्याम्पस प्रशासनले विद्यार्थीहरूमा गैर जिम्मेवार तरिकाले भोट मागेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘क्याम्पस प्रशासन जस्तो जिम्मेवार तहबाट नै नेविसंघका उम्मेदवारलाई भोट हाल्नु भनी धम्कीपूर्ण निर्देशन आइरहेको थाहा पाएपछि तालाबन्दी गरेका हौँ ।’

Back to top button