प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बसुन्धारामा आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले आफ्ना मुद्धाहरूलाई अघि बढाउनका लागि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले जानकारी दिनुभयो।

न्युनतम साझा कार्यक्रममा रहेका रास्वपाका शिक्षा, स्वास्थ्य, भ्रष्टाचार लगाएतका मुद्धाहरुलाई कार्यान्वयनका लागि पनि सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको उहाँको भनाइ छ ।

प्रसाईले आफूहरूको मुद्दा कार्यान्वयन नहुने अवस्था आए सरकारलाई दिएको समर्थनमा पुनर्बिचार गर्न सकिने जिकिर गर्नुभयो।

यस्तै, अहिले नै सरकारमा जाने विषयमा कुनै छलफल नभएको भएपनि सरकारमा गएर जनताका मुद्दाहरूलाई अघि बढाउनुपर्नेमा आफ्नो जोड रहेको प्रसाइले बताउनुभयो।

Back to top button