विराटनगरमा आज प्रदर्शनकारी र प्रहरीबीच झडप

विराटनगर । विराटनगरमा कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोडेका छन्। प्रदर्शनकारी निषेधाज्ञा तोडेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

आज प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले निषेधाज्ञा तोडेपछि अश्रुग्यास प्रहार गरेको हो ।

पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आज बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो।

Back to top button