
विराटनगर । कोशी प्रदेशकै महत्वपूर्ण मानिने विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतदान सम्पन्न भएको छ । कुल ५ हजार ८२५ मतदाता रहेको यस क्याम्पसमा ३ हजार १ सय ६६ मत खसेको हो ।
मतदान शान्तिपूर्ण तवरले सम्पन्न भएको जानकारी दिँदै निर्वाचन अधिकृत डा.सुशील अधिकारीले आजै विद्यार्थी संगठनहरुको बैठक राखि मतगणना कार्य आरम्भ गरिने बताउनुभयो ।
सम्पूर्ण विद्यार्थी संगठनहरुसँगको बैठकबाट मतगणना सुरु गर्ने समय निर्धारण हुने उहाँले स्पष्ट पार्नुभयो ।