उपराष्ट्रपति यादवको शपथ भोलि

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भोलि पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भोलि (सोमबार) बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ ।

उहाँ यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित हुनुभएको थियो। निर्वाचनमा यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गर्नुभएको थियो। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आज दिउँसो बुझाउँदैछ ।

Back to top button