
विराटनगर । मोरङका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना सम्पन्न भएको छ । हालसम्म गणना सकिएका क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले सभापति जितेको छ ।
अनेरास्ववियुले लेटाङ र रमाइलो क्याम्पसमा प्यानल नै जितेको छ । नर्सिङमा पनि सचिवबाहेक प्यानल नै जितेको छ ।
यस्तै, डिग्री क्याम्पसमा अनेरास्ववियुका निर्मल गजुरेल सभापतिमा विजयी हुनुभएको छ । उहाँ १ सय २३ मतका साथ विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी संयुक्त बाम लोकतान्त्रिक गठबन्धनका शशी यादवले १ सय १८ मत प्राप्त गर्नुभयो । सचिवमा गठबन्धनका विराज बराल विजयी हुनुभएको छ ।
लेटाङमा छवि श्रेष्ठको नेतृत्वमा र रमाइलोमा मालती रेग्मीको नेतृत्वमा प्यानल नै विजयी भएको हो । नर्सिङ क्याम्पसमा अनेरास्ववियुकि प्रशंसा पौडेल विजयी हुनुभएको छ ।