निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

काठमाडौं । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ भएको छ । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवको शपथ ग्रहण कार्यक्रमसँगै निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ गरिएको हो ।

उपराष्ट्रपति यादवको शपथ समारोहमा निवर्तमान उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठको आँखीझ्याल दिएर बिदाइ गर्नुभएको हो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि आँखीझ्याल नै दिएर बिदाइ गरिएको थियो ।

उपराष्ट्रपति यादवको शपथ ग्रहण समारोहमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,प्रधानमन्त्री प्रचण्ड सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थित थियो । उपराष्ट्रपति यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको थियो।

Back to top button