उपराष्ट्रपति यादवद्वारा शपथ ग्रहण

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाउनुभएको हो ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बन्नुभएका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो।

यस्तै, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

Back to top button