राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्दा दोस्रो पटक विश्वासको मत लिन बाध्य भएँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्न खोज्दा दोस्रो पटक विश्वासको मत लिन बाध्य भएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण बनाउन आफू क्रियाशिल हुँदा–हुँदै नेकपा एमाले र राप्रपाले नमानेको जिकिर गर्नुभयो।

उहाँले भन्नुभयो,‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन,सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो ।’

उहाँले नेकपा एमाले नेतृत्वको गठबन्धनमा राजनीतिक स्थीरताको प्रतिवद्धतासहित सरकार गठन भएको बताउनुभयो। तर, राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि केही दलहरूबीच असमझदारी बढेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘ प्रधानमन्त्री र मन्त्रीहरूबीच न ठूला नीतिगत मतभेद देखिए न व्यक्तिगत सम्बन्ध बिग्रिएको थियो । राष्ट्रिय सहमतिमा राष्ट्रपति हुनुपर्छ भन्ने प्रस्तावपछि एमाले र राप्रपाका मन्त्रीज्यूहरुले राजीनामा दिनुभयो ।’

Back to top button