प्रचण्डज्यूबाट संविधानको रक्षा र सार्थक कार्यान्वयन हुनेछ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको स्थिरता र संविधानको रक्षा अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेपछि देउवाले प्रधानमन्त्री प्रचण्डले मुलुकको समस्या समाधान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो।

उहाँले भन्नुभयो,‘संविधानको रक्षा र सार्थक कार्यान्वयन,शान्ति प्रक्रियाका बाँकि काम तार्किक निष्कर्शमा पुर्‍याउनुपर्छ। छिमेकी देश र मित्र राष्ट्रसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्छ । प्रधानमन्त्री प्रचण्डले मुलुकको विद्यमान चुनौतिको सामाना गर्नेमा आफू विश्वस्त छु।’

दिगो शान्ति सुशासन विकास र समृद्वि अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ।

देउवाले कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिने र प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने जानकारी दिनुभयो।

Back to top button