ओखलढुंगामा मुख्यमन्त्री कार्कीलाई पहिचान पक्षधरको अवरोध

ओखलढुंगा । नामकरणको विषयलाई लिएर आन्दोलनरत पहिचान पक्षधरहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई अवरोध गरेका छन्।

सदरमुकाम ओखलढुंगामा एक कार्यक्रममा सहभागी हुन जाने क्रममा मुख्यमन्त्री कार्की विरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर अवरोध प्रयास गरेका थिए। मन्त्रीको गाडीको झण्डा निकालेर गाडीमा आक्रमण गर्न खोजे पनि प्रहरीले आन्दोलनकारीलाई दमन नगरि हटाएको थियो।

यस्तै, २ दिनदेखि ओखलढुंगामा रहनुभएका कार्की वडा नं. १ को एक कार्यक्रममा जाने क्रममा आन्दोलनकारीहरुले कालो झण्डा देखाएका हुन्। केही संख्यामा रहेका आन्दोलनकारीलाई प्रहरीले हटाएर मुख्यमन्त्रीलाई गन्तव्यमा पठाएको थियो।

सिद्धिचरण नगरपालिका–११ स्थित गोरुमारे भञ्ज्याङमा किरात राई यायोक्खा र नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा आन्दोलनरत पहिचान पक्षधरहरूले कोसी प्रदेश नामकरणको विषयमा हिजो पनि टायर बालेर एक घण्टा सिद्धिचरण राजमार्ग अवरोध गरेका थिए।

Back to top button