वर्तमान गठबन्धन ५ वर्षसम्म टिक्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन ५ वर्षसम्म टिक्ने बताउनुभएको छ ।

संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिँदै अहिलेको गठबन्धनले राजनीतिक स्थीरता दिने र ५ वर्षसम्म टिक्ने दावी गर्नुभयो। उहाँले प्रधानमन्त्रीले फेरि विश्वासको मत लिने अवस्था नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘वर्तमान गठबन्धन आउने ५ वर्षसम्म टिक्छ । राजनीतिक स्थीरता दिन्छ । राष्ट्रका चुनौति सामना गर्न यो गठबन्धन एकबद्ध भएर अघि बढ्छ ।’ नेपालको राजनीति तरल अवस्थामा रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो,‘मान्छेले सोचेका थिएनन्, सरकार छिटो–छिटो गठन पुर्नगठन हुनेछ भनेर ।’

यस्तै, नेपालले आर्थिक मन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको उहाँले बताउनुभयो । सरकारले कृषिलाई उच्च प्राथमिकता दिन आवश्यक रहेको नेपालको भनाइ छ ।

Back to top button