‘थ्री नेसन्स कप’ खेल्न लाओसको टिम काठमाडौं आइपुग्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा बुधबारदेखि सुरु हुने ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ खेल्न लाओसको टिम काठमाडौं आइपुगेको छ। बुधबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा भुटानसँगै आयोजक नेपाल र लाओसले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन भुटान पनि आज बिहान नै काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई पनि एन्फाका प्रवक्ता सुरेश साहले स्वागत गर्नुभएको थियो।

अर्को शुक्रबार (मार्च ३१) सम्म चल्ने प्रतियोगिताका लागि एन्फाले साधारण प्यारापिटतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट मुल्य कायम गरिसकेको छ।

उद्घाटन खेलमा नेपालले बुधबार लाओससँग खेल्ने छ। यस्तै, भुटानसँग शनिबार खैल्ने छ। समूह चरणबाट शीर्ष २ टिमले अर्को शुक्रबार हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणका सबै खेल साँझ ६ बजेदेखि सुरु हुनेछन् भने फाइनल ५ः३० बजेदेखि हुनेछ।

Back to top button