
काठमाडौं । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ। आयोगले रिक्त २ स्थानमा बैशाख १० गते नै निर्वाचन गर्ने निर्णय गरेको हो।
तनुहँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ बाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि २ स्थान रिक्त भएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले २०८० बैशाख १० गते निर्वाचन हुने जानकारी दिनुभयो। यसअघि चितवन २ मा पनि बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको थियो।
त्यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उक्त क्षेत्र रिक्त भएको थियो।