विराटनगर महानगरले क्रिकेटर ललित र दिपेशलाई १ लाख १ हजार दिने

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशी र अन्डर १९ का खेलाडी दिपेश कँडेललाई विराटनगर महानगरपालिकाले १ लाख १ हजार रुपैयाँ दिने भएको छ ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुंदा राजवंशीले महत्वपूर्ण योगदान गरेको र यु–१९ टिमलाई पनि क्वालिफायरमा पुर्याउन महत्वपूर्ण योगदान गरेको भन्दै महानगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।

अण्डर– १९ टोलीलाई विश्वकप छनोटमा पुर्याउन कँडेलले ह्याट्रिक गर्नुभएको थियो । विराटनगर महानगरका मेयर नागेश कोइरालाको सचिवालयका अनुसार उहाँहरुलाई १ लाख १ हजार नगदसहित सम्मान गर्ने निर्णय भएको छ ।

उहाँहरु दुवै जना विराटनगरकै होे ।

Back to top button