राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूत थम्पसनको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकी राजदूत डीन आर.थम्पसनले भेटवार्ता गर्नुभएको छ । आज राष्ट्रपति भवन शीतल निवासमा राजदूत थम्पसनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो ।

सो भेटमा नेपाल र अमेरिकाबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Back to top button