महेन्द्र क्याम्पस धरानको सभापतिमा समाजवादीका अलौकिक निर्वाचित

सुनसरी । महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु सभापतिमा सामाजवादी विद्यार्थी युनियनका युवराज राई (अलौकिक) निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना अनुसार अलौकिकले ८ सय २४ मत प्राप्त गरि सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेविसंघ र अखिल क्रान्तिकारिका साझा उम्मेदवार बिनोद आले मगर ७ सय २४ मत प्राप्त गरि उपबिजेता बन्नुभयो । सचिवमा नेविसंघका सनिक श्रेष्ठ र कोषाध्यक्षमा समाजवादीकै सुपृया राई निर्वाचित हुनुभयो ।

यसैगरी, सदस्यहरूमा समाजवादीका प्रकाश कुलुङ राई,नेविसंघका शुभराज राई नितेश राई,आलोक लिम्बू,सुक्रराज इजम लिम्बू, हस्तकला राई मन्दिप पराजुली र अखिल क्रान्तिकारीका रविन तिवारी निर्वाचित हुनुभएको छ।

निर्वाचनमा नेविसंघ अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु र समाजवादी एकल रुपमा चुनाव लडेका थिए ।

Back to top button