स्ववियु चुनावः वैचारिक प्रतिष्पर्धाको स्खलन

यतिबेला त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन परिणाम आउने क्रम जारी छ । चौध वर्षपछि भएको स्ववियु निर्वाचन हरेक विचार वा पार्टीलाई लाग्नु नौलो कुरा होइन । नेता उत्पादन गर्ने विरुवाको रुपमा विद्यार्थीलाई लिइन्छ अर्थात भनौं नेता बन्ने प्रारम्भिक चरण विद्यार्थी राजनिती नै हो । त्यसैले पनि हरेक दलले सकेको मेहनत स्ववियु निर्वाचनमा लगाउँछन् । त्यसलाइ अन्यथा लिनु हुँदैन । तर के स्ववियु अर्थात विद्यार्थीले गर्ने राजनिती विचार सिकाउने होइन र ? विचार त सबै पार्टीका आफ्ना आफ्नै छन । नेतृत्व विकासको प्रारम्भिक चरण मानिने यस निर्वाचनमा पनि दुई वा दुई भन्दा बढ़ी संगठन मिलेर–मिलाएर विद्यार्थीको राजनिती वा चुनाव हुँदै गर्दा विचारको राजनिती वा दलिय राजनिती त फेडरिक नित्सेले भने जस्तै दिउँसै बत्ती बालेर नभेटिने ईश्वर खोजेजस्तै नहोला र ?

सत्ता प्राप्तिका लागि जस्तो सुकै गठबन्धन गर्न नेपालका राजनितिक दलहरु पछि परेनन् । गठबन्धन विचार वा आस्था मिल्नेहरुसँगको (प्राकृतिक) होस वा कतैं केहि नमिल्ने (अपाकृतिक) गठवन्धन । बस सत्तामा पुग्न पाए सकियो ।

राष्ट्रिय राजनितिमा पुराना दल हुन वा के–के न गर्छौ भनेर सामाजिक सञ्जाल, मिडियाको स्टण्ट गरेर उदाएका नयाँ पार्टी हुन । उद्देश्य एउटै देखिन्छ त्यो हो सत्तामोह । । सत्ता प्राप्तिका लागि जस्तो सुकै गठबन्धन गर्न नेपालका राजनितिक दलहरु पछि परेनन् । गठबन्धन विचार वा आस्था मिल्नेहरुसँगको (प्राकृतिक) होस वा कतैं केहि नमिल्ने (अपाकृतिक) गठवन्धन । बस सत्तामा पुग्न पाए सकियो । हुन त बहुदलीय व्यवस्थामा कुनै एक पार्टीको बहुमत प्राप्त नहुँदा हुने राजनिती पनि यस्तै होला । पटक–पटकको राजनैतिक अस्थिरताले देश चाँहि खोइ कता जाने हो ? एक प्रकारको डर त्रास र चिन्ताले सचेत नागरिकको मुटुलाई ढुकढुक बनाई नै रहेको छ।

समय गतिशिल छ । समयसापेक्ष धेरै कुरामा परिवर्तन आएका छन् । मानिसका आनीबानि र दिनदैनिकी फेरिएका छन् । तर राजनिती गर्ने तरिका मा भने तात्विक परिवर्तन देखिदैन । बरु परम्परागत तौरतरिकामा पनि ह्रास आएको देखिन्छ । अहिले राजनितिक दलहरुले आफ्ना भातृ वा जनवर्गीय संगठनलाई उपयुक्त ढंगले प्रशिक्षित गर्न सकिरहेको देखिदैन । यसको अनुभूति यस्तै निर्वाचनहरुमा देखिने राजनैतिक दृष्यले पुष्टि गर्दछ । पार्टीका वा संगठनका निती, विचार र एजेण्डाहरु भन्दा मात्र पद प्राप्तिका लागि अनेक खेलमा व्यस्त देखिन्छन् नेतृत्व र खास कार्यकर्ता । यो समस्या युवा, विद्यार्थी, महिलालगायत‌ अधिकांशका अधिवेशन वा चुनावमा प्रस्ट देख्न सकिन्छ। स्थानिय निर्वाचन हुँदै प्रदेश र संघका निर्वाचन समेत हेरियो । हरेक निर्वाचनमा देखिएको गठवन्धनको नाममा गरिने विचारविहिन राजनितीले पनि उसैगरि जरा गाडेको पाइन्छ । विभिन्न विचार बोकेका दल या संगठनहरुबिच हुने गठबन्धनले कुनै एउटा विचार बोकेर अघि बढ्न नसक्ने चर्चा चिया पसल देखि लिएर साना–ठूला भेटघाटमा पनि हुने गरेकै छ ।

सचेत युवा पुस्ता नै सबैभन्दा बढी कसैलाई एउटा पक्षलाई आधार मानेर नै सामाजिक सञ्जाल र मिडियाका माध्यमबाट आकासमा पुर्‍याउन तल्लिन देखिन्छन् । वास्तविक तथ्य नबुझि फेरि त्यहि ब्यक्तिलाई अर्को कुरामा पातालमै धसाउने गरि सक्रिय भएको पाइन्छ । बाहिरि हल्लाकै भरमा हो मा हो मिलाउँदै अरुले समर्थन गर्दै अघि बढ्दा त्यसको असर दिर्घकालिन रुपमा पर्छ भन्ने बुझ्न जरुरी छ । यस्तै व्यवहारका कारण असल निती, विचार र एजेण्डाहरुलाई जनताका माझमा स्थापित गर्न गराउन समस्या हुने गरेको छ । सामाजिक सञ्जालकै भरमा जनताले निर्माण गर्ने व्यक्तिगत विचारका कारण मुलुकमा यतिबेला राजनितिक दलहरुको बजार खुल्दै गएको छ । जसका कारण देश बारम्बार अस्थिरताको शिकार बन्न पुगेको छ । राजनैतिक अस्थिरताकै उपज दिनदैनिक हजारौं क्षमतावान युवाशक्तिको वैदेशिक रोजगारिका नाममा पलायन गरेर हामी भोगिरहेका छौं ।

त्यस्तै वीपीले प्रतिपादन गरेको कांग्रेसको सिद्धान्त होस वा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्त । Democrats र communist’s वादहरु । ति वाद खोइ कता छन अहिले ? आखिर दुवै सिद्धान्तले अन्तिम लक्ष्य त जनताको सुख नै चाहेको होइनन् र ?

समयानुकूल सवै कुरामा परिवर्तन जरुरी छ । हिजोको ढिके नुन प्रयोग गर्ने हामीले आज आयोडिनयुक्त नुन प्रयोग गरेपनि उपभोगको उद्देश्य एउटै हो । त्यस्तै वीपीले प्रतिपादन गरेको कांग्रेसको सिद्धान्त होस वा मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सिद्धान्त । Democrats र communist’s वादहरु । ति वाद खोइ कता छन अहिले ? आखिर दुवै सिद्धान्तले अन्तिम लक्ष्य त जनताको सुख नै चाहेको होइनन् र ? तर आजकालको राजनिती त ‘आलु’ जस्तै अर्थात सबैतिर ठिक्क देखिन्छ । राजनिती भनेको विचार भन्दा व्यक्ति केन्द्रित हुँदै गएको छ । यो प्रवृत्तिले तात्कालिन अवस्थामा केहि व्यक्तिको लागि लाभहानीको विषय होला तर कालान्तर सम्मका लागि सोच्ने हो भने सबैका लागि घातकसिद्ध हुने निश्चय छ । यसतर्फ युवा पुस्ताले नबुझे कस्ले बुझ्ने ?

 

एउटा संगठनमा वा दलमा बसेर वैचारिक लडाईमा अरुको प्रतिष्पर्धीको विचारमा लम्पसार पर्ने प्रवृत्तिले निम्त्याउने भनेको अस्थिरता मात्रै हो । यस्ता विषयले राजनितीको आधारस्तम्भ मानिने स्ववियु निर्वाचनमा पनि प्राथमिकता पाएको देखिएन । विद्यार्थी जीवनकै राजनितीमा यस्ता विचार सिकाउँदै नेतृत्व विकास गर्न सक्दा मात्र भविष्यको नेता उत्पादन गर्न सकिन्छ । तर यहाँ त यहि तहबाटै गठबन्धनका नाममा अपवित्र साँठगाँठकै लागि दलहरुले मलजल गरेको पाइन्छ । यस्सबाट उत्पादन गर्ने भनेकै धोकाधडी र जालझेलको कौशलता मात्रै हो ।

 

राजनैतिक विचार त श्रीमान–श्रीमती, वावु–छोरा आमा–छोरीको पनि फरक हुन सक्छ । तर राजनितीक दलका शिर्षस्थ नेताहरुले सत्तामोहका कारण देखाएको व्यवहारको अनुशरण गर्दै युवा पुस्ताले पनि आ–आफ्नो संगठन र बिचारलाई किनारा लगाएर प्रतिष्पर्धि संगठनका उम्मेदवारहरुको पक्षमा भोट माग्दै हिड्ने, प्रतिष्पर्धि संगठनका उम्मेदवारलाई जिताएर व्यक्तिगत लाभ लिने उद्देश्य बोक्ने जस्ता दृष्यहरु स्ववियु निर्वाचनमा देखिएका छन् । यदि यस्तै व्यक्ति केन्द्रित राजनिती नै हुने हो भने यहाँ विचार र दलको आवश्यकता किन ? व्यक्ति व्यक्ति बिचको सम्बन्ध त जस्को जोसँग पनि होला । तर विचार–विचार बिचको प्रतिष्पर्धा त हुनुपर्छ नि । सम्बन्ध र विचार फरक बिषय हो । निकटताकै आधारमा आफ्नो विचार बदल्दै जानेहो भने जीवनभर कति पात्रसँगको निकटता होला ती सबैसँग विचार मिल्दै जान्छ ? होइन भने एउटा संगठनमा वा दलमा बसेर वैचारिक लडाईमा अरुको प्रतिष्पर्धीको विचारमा लम्पसार पर्ने प्रवृत्तिले निम्त्याउने भनेको अस्थिरता मात्रै हो । यस्ता विषयले राजनितीको आधारस्तम्भ मानिने स्ववियु निर्वाचनमा पनि प्राथमिकता पाएको देखिएन । विद्यार्थी जीवनकै राजनितीमा यस्ता विचार सिकाउँदै नेतृत्व विकास गर्न सक्दा मात्र भविष्यको नेता उत्पादन गर्न सकिन्छ । तर यहाँ त यहि तहबाटै गठबन्धनका नाममा अपवित्र साँठगाँठकै लागि दलहरुले मलजल गरेको पाइन्छ । यस्सबाट उत्पादन गर्ने भनेकै धोकाधडी र जालझेलको कौशलता मात्रै हो । साच्चै भन्ने हो भने नेपालका राजनीतिक दलहरु विचारको राजनिति सिकाउने सवालमा ‘फेलियर’ भएको महशुष आम सचेत नागरिकमा समेत परेको छ ।

यहाँ त, विचार चिया, नास्ता, खाना र पैसामा पनि विक्री हुने गरेको पाइन्छ । आफ्नै संगठनका मान्छेलाई नै पैसामा किन्नु परेपछि विचार चाँहि कहाँनिर रह्यो ? सधै गाडी चढेर क्यापस पुग्ने विद्यार्थीलाई चुनावमा गाडी गाडा चाहिन्छ । बाइकमा हिड्ने तेल नहाल्दिए हिड्दैन भने विचार कता ? यस्ता उदाहरणहरु प्रशस्त छन । राजनितिक दलका नेताका कृयाकलापलाई कटाक्ष गर्दै अघि बढ्ने तागत राख्ने युवा विद्यार्थी पनि आफैं सचेत हुनुपर्ने होइन र ? विद्यार्थी नेताबाट समेत आर्थिक लाभको अपेक्षा राख्ने युवा विद्यार्थीले चुन्ने नेतालाई कस्तो बनाउन खोजिएको हो ? चुनावमा थेग्नै नसक्ने गरि खर्च गराइदिएपछि हामीले चुन्ने नेता कस्तो बन्छ सदाचारी कि भ्रष्टचारी ?

सवै नितिहरुको राजा राजनिती नै हो । तर यहाँ विकृति र विसंगती पनि प्रशस्त छन् । भएका विकृत पक्षलाई हटाउनु नै छ । त्यसका लागि त युवा विद्यार्थीहरु सबैभन्दा पहिला विचारले वलिष्ट हुन जरुरी छ । आन्तरिक प्रतिष्पर्धा हुनुपर्छ तर विचारको लडाईमा आ–आफ्ना बिचार गोलबद्ध नहुने हो भने त्यसले निम्त्याउने सधैं अस्थिरता मात्रै हो । अन्ततोगत्वा विश्वका धेरै देशमा जस्तो Democrats र communist’s नै हुन्छन् भन्ने बुझाइ राखी देश स्थिर बनाउन सवै पार्टीले त्यहि प्रकारले प्रशिक्षण गर्न आवश्यक छ ।

Back to top button