क्रिकेटर ललित र दिपेश विराटनगरमा सम्मानित

विराटनगर। राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित हुनुभएको छ ।

नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गर्नुभयो ।

उहाँहरु दुवै खेलाडी विराटनगरकै हो । दीपेशले युएईको यु–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यस्तै, ललितले विश्वकप लिग–२ शृंखलामा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो। महासंघले ललितका बुबा–आमालाई पनि सम्मान गरेको छ । महासंघले नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोसन सिंहलाई पनि सम्मान गरेको छ ।

ललित र दिपेशलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले जनही १ लाख १ हजारसहित सम्मान गर्ने भएको छ ।

Back to top button