गठबन्धनभित्रको भागबण्डा टुंग्याउने जिम्मा एसद्वारा अध्यक्ष नेपाललाई

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले गठबन्धनमा भागबण्डाको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ।

आज बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले मन्त्रालयको बाँडफाँट र भागबण्डा टुंग्याउन अध्यक्ष नेपाललाई दिने निर्णय गरेको हो ।

बैठकपछि सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा मन्त्रालयको टुंगो लगाएपछि पार्टीले निष्कर्श निकाल्ने बताउनुभयो।

उहाँले भन्नुभयो,‘ सरकारमा कसरी जाने,के उद्देश्यले जाने, के नीति कार्यक्रमका साथ जाने,सरकारमा आफूहरूको के हिस्सेदारी हुन्छ? अध्यक्षको टिमले गठबन्धनसँग कुराकानी गर्छ,’उहाँले भन्नुभयो ।

सो बैठकमा मन्त्रालयबारे प्रारम्भिक छलफल सुरू भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो विश्वासको मत लिएलगत्तै आजदेखि सरकार विस्तारको तयारी थाल्ने बताउनुभएको थियो। त्यसपछि गठबन्धन आवद्ध दलहरू आन्तरिक छलफलमा जुटेका हुन्।

 

Back to top button