ताप्लेजुङमा माओवादी नेता आङ्बोमाथि आक्रमण प्रयास

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । आज पार्टीको बैठकमा ताप्लेजुङको फुङलिङ बजार नजिकै उहाँमाथि आक्रमण प्रयास भएको हो ।

प्रदेशमा भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधर दल र संस्थाहरुले आन्दोलन गरिरहेका छन् ।

पहिचान पक्षधर दलका कार्यकर्ताले हिजो मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमण प्रयास गरेका थिए । आज पहिचान पक्षधरका कार्यकर्ताले माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता आङ्बोमाथि आक्रमणको प्रयास गरेका हुन् ।

पहिचान पक्षधरले ढुङ्गामुढा गर्दा आङ्बो सवार सरकारी गाडीमा सामान्य क्षति पुगेको छ । आङ्बोका स्वकिय सचिव पुजन मङ्ग्रातीका अनुसार आङ्बो पार्टीको कार्यक्रममा ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा गाडीमाथि आक्रमण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बूका अनुसार फङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्ने समूहको पहचिन भएको छैन् ।

‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल आक्रमणको प्रयास भएको छ’, उहाँले भन्नुभयो,‘आक्रमण गर्नेको पहिचान भएको छैन । अनुसन्धान गरिरहेका छौं ।’

Back to top button