महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा पौडेल विजयी

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेपाल विद्यार्थी संघका जसवन्त पौडेल निर्वाचित हुनुभएको छ ।

चैत्र ५ गते सम्पन्न निर्वाचनमा पौडेल निकटतम प्रतिद्वन्दी अखिल (क्रान्तिकारी)का रोहित यादव भन्दा दोब्बर बढी मतले निर्वाचित हुनुभएको हो ।

सभापतिका अर्का उम्मेदवार अनेरास्ववियुका नविन पहाडी (पोखरेल)तेस्रो स्थानमा रहनुभएको छ ।

यस्तै, स्ववियु सचिवमा अनेरास्ववियुका सनिम ठकुरी निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा नेविसंघका स्वस्तिक बोहरा निर्वाचित हुनुभएको छ । यसको औपचारीक घोषणा भने हुन बाँकी छ ।

Back to top button