स्त्री–२ मा बरुणको विशेष भूमिका, जुलाईमा रिलिज हुने

काठमाडौं । सन् २०१८ मा सार्वजनिक भएको बलिउड फिल्म स्त्रीले राम्रै चर्चा पाएको थियो।

उक्त फिल्मले बक्स अफिसमा १२९ करोडको व्यापार गरेको थियो। १४ करोड लागत रहेको यो फिल्मले सय करोडको आँकडा पार गरेपछि निर्माताले सिक्वेल बनाउने घोषणा गरेका थिए।

यसैबीच जुलाईमा सार्वजनिक गर्नेगरी फिल्मको निर्माण भइरहेको छ। जसमा पुरानै कलाकारहरूले अभिनय गर्दैछन्। फिल्ममा मुख्य भूमिकामा राजकुमार राव, श्रद्धा कपुर, पंकज त्रिपाठी, अपारशक्ति खुराना, अभिषेक बनर्जीलगायत देखिँदै हुनुहुन्छ।

फिल्ममा अभिनेता बरुण धवनको विशेष भूमिका रहने निर्माण टोलीले जनाएको छ। बलिउड हंगामाका अनुसार बरुण विशेष भूमिकासहित फिल्ममा देखिँदै हुनुहुन्छ।

उहाँको भूमिकाले स्त्री–२ को रोमाञ्चकता बढाउने विश्वास निर्माण टोलीको रहेको समाचारमा उल्लेख छ।

यस्तै, यो फिल्मलाई अमिर कौशिकले निर्देशन गर्दै हुनुहुन्छ। यसअघि उहाँले स्त्री र भेडिया फिल्मको निर्देशन गर्नुभएको थियो।

Back to top button