सरकारलाई चितवनको रंगशालाबारे छिटो निर्णय गर्न धुर्मुसको आग्रह

काठमाडौं । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे छिटो निर्णय गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

आज रंगशाला स्थलबाट सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारणमा जोडिनुभएका उहाँले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको बताउनुभयो ।

एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको भन्दै धुर्मुसले भन्नुभयो,‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’

‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन । म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’ उहाँले भन्नुभयो ।

धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद दिनुभएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका उहाँले भन्नुभयो,‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठहर्‍याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’

Back to top button